दफा ६८
परिचालक अनुमतिपत्रको नवीकरण
(१) दफा ६७ को उपदफा (२) बमोजिम परिचालक अनुमतिपत्रमा लिखित म्याद नाघेको तीन महीनाभित्र त्यस्तो परिचालक अनुमतिपत्र नवीकरण गराई सक्नु पर्छ ।
(२) परिचालकले उपदफा (१) बमोजिमको म्यादभित्र परिचालक अनुमतिपत्र नवीकरण गराउनको लागि तोकिएको दस्तुर संलग्न राखी परिचालक अनुमतिपत्र अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्नु पर्छ ।
(३) उपदफा (२) बमोजिम नवीकरणको लागि परिचालक अनुमतिपत्र पेश हुन आएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो परिचालक अनुमतिपत्र अर्काे पाँच वर्षसम्मको लागि नवीकरण गर्नु पर्छ ।
(४) उपदफा (१) बमोजिमको म्याद नाघी परिचालक अनुमतिपत्र नवीकरण गराउन आउने परिचालकबाट नवीकरण दस्तुरको अतिरिक्त सो म्याद नाघेको एक वर्षसम्म एकसय प्रतिशत, दुई वर्षसम्म दुईसय प्रतिशत, तीन वर्षसम्म तीनसय प्रतिशत, चार वर्षसम्म चारसय प्रतिशत र पाँच वर्षसम्म पाँचसय प्रतिशत थप दस्तुर लिई त्यस्तो परिचालक अनुमतिपत्र नवीकरण गर्नु पर्छ ।